नेमकिपाका अध्यक्ष विजुक्छेलाई पत्नी शोक

भक्तपुर, ८ असार । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ ।

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मङ्सिर २०४० मा विवाह भएको थियो । डा. सुवेग र सुवान गरी उनका दुई छोरा छन् ।

लामो समयसम्म शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उनी उपचाररत थिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board