भारतीय नम्बर प्लेट भएको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय नम्बर प्लेट भएको मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ का मनिस राना मगर रहेका छन् । भारततर्फ जाँदै गरेको युपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले बालकलाई ठक्कर दिएको उनलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

ठक्करबाट घाइते भएका बालकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र १७ वर्षीय चालक मनिष सुनुवारलाई प्रहरीले नियन्त्रणमा लगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति