रवि लामिछानेका दाजु हरिशरणले गरे आजीवन राष्ट्रिय स्वतन्त्र पार्टीमा नजाने घोषणा

काठमाडौँ, ७ असार । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा गर्नु अगाडि नै उनका दाजु हरिशरण लामिछानेले आफू आजीवन राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य नहुने घोषणा गरेका छन्।

हरिशरणले केही समयअघि काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेका थिए। तर रविले पनि त्यही क्षेत्रबाट उठ्ने आशय व्यक्त गरेपछि दुई दाजुभाइबीच सम्बन्ध बिग्रिएको छ।

उनले नयाँ पार्टी घोषणा गरेकोमा रविलाई बधाई दिँदै पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास भन्दै प्रशंसा गरेका छन्।

‘कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली अर्को सदस्यसँग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला’, उनले रविको निर्णयप्रति कटाक्ष गर्दै भनेका छन्, ‘पछि आपसी मायाप्रेममा परि बिहेबारी भइ कुनै अवस्थामा नाता प्रमाणित भए सदस्यता खारेज हुन सक्छ है !’

रविको पार्टी दर्ता हुनै बाँकी रहेकाले त्यसमा आवद्ध भएर कुनै गतिविधि नगर्ने पनि उनले बताएका छन्। ‘दर्ता हुन बाँकी त्यस पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संम्लग्न हुने त कुरै भएन’, उनले भनेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु।’

स्वतन्त्र र दलगत राजनीतिका लागि आफूसँग अपार अवसर र सम्भावना रहेका पनि उनले दाबी गरे। ‘नेपाल आमाको एक स्वतन्त्र नागरिकका नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छु, उनले भनेका छन्, ‘स्वतन्त्र हुन स्वतन्त्र पार्टी किन चाहियो?

https://www.facebook.com/hslamichhane/posts/10221759882772604
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति