विदेशी बुहारीलाई तुरुन्तै नागरिकता नदिदाँ तराई युवाको बिहे हुनै छाड्योः सांसद झा

काठमाडौं, ७ असार । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिदाँ तराईका युवाहरुको बिहे नै हुन छाडेको टिप्पणी गरेका छन् ।

‘विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम (प्रस्तावित व्यवस्था) को कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन्’ मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।

नागरिकता तुरुन्तै नपाउने प्रस्तावित व्यवस्थाकै कारण भारतीय युवतीहरुले नेपालका युवाहरुसाग बिहे गर्न मान्न छाडेको उनको भनाइ छ । ‘भारतका सजातीय केटीहरु अब नेपालमा बिहा गर्न मान्दैनन् । यसको समाधान कसरी हुन्छ रु राज्यले त्यसको व्यवस्था के गर्न सक्छ रु’ नेता झा को सरकारलाई प्रश्न छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकको प्रतवेदनमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था छ । ७ बर्षसम्म राजनीतिक अधिकार बाहेकको अधिकार प्राप्त गर्ने गरी आवासीय अनुमति पत्र दिने व्यवस्था पनि छ । यो व्यवस्था सहितको नागरिकता विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा छ ।

नागरिकता ऐन संशोधनसम्बन्धी विधेयकलाई अगाडि बढाउने तयारी सरकारले गरिरहेका बेला नेता झाले नागरिकता विधेयकलाई जतिसक्दो छिटो टुंग्याउनुपर्ने बताएका छन् । तर, उनले विदेशी बुहाीलाी ७ बर्षपछि मात्रै नागरिकता दिने प्रस्तावित व्यवस्थाको विरोध गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board