पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौँ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागु भएको मूल्यमा पेट्रोल लिटरमा २१ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा २७ रुपैयाँ बढेको छ ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १८५ रुपैयाँ पुर्याएको छ । हवाई इन्धन बाह्यतर्फ भने १०० अमेरिकी डलरले वृद्धि गरिएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्याँसको मूल्य हाल प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ छ ।

निगमले यसअघि जेठ २६ गते पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको थियो । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर मूल्य बढाइएको निगमले बताएको छ ।

नयाँ मूल्यमा बेच्दा पनि १५ दिनमा २ अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने निगमले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति