“अहिलेको परिवर्तन कम्युनिष्ट आन्दोलनको विपक्षमा छ”
वामपन्थी पुराना नेता एवन् नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बाह्यभन्दा कम्युनिष्ट पार्टीभित्र ठूलो संघर्ष आवश्यक रहेको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलूकमा प्रधानसम्पादक शुभशंकर कँडेलसँगको विशेष अन्तरवार्तामा सिंहले विश्वभरमा नै कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको उल्लेख गर्दै उक्त विचार राखेका हुन् ।
विश्वमा नै कम्युनिष्ट आन्दोलनमा विचलन
कम्युनिष्टको मूल सिद्धान्त समाजको सामूहिक फाइदाका लागि काम गर्ने रहेपनि व्यक्तिगत सोच र फाइदाको प्रवृत्ति बढ्दै गएकाले सो विचारधारामा विचलन आएको प्रष्ट पारे ।
”कयौं गुणा बढी संघर्ष गुर्नपर्छ,पार्टीमा फाइदा मात्र हेर्ने प्रवृत्ति त्यो समस्या छ, बाहिर त संघर्ष गुर्नपरेकै छ । तर, त्यो भन्दा ठूलो संघर्ष कम्युनिष्ट पार्टीभित्र गर्नुपरेको छ ।”, उनले बताए ।
संसारभरमै कम्युनिष्ट सिद्धान्त विचलन भएको, स्खलन हुदै गएको, माक्र्सवाद सिद्धान्त र आदर्श व्यवहारिक भएको प्रष्ट पार्दै उनले भने, “मनोगत कुरा मात्र होइन, क्रान्तीकारी सिद्धान्त ठोस परिस्थितीमा ठोस मूल्यांकन भएको उनले बताए ।
अबका कयौं पुस्ताले दृढतापूर्वक संघर्ष गर्नुको विकल्प छैन
दलहरुले दक्षिणपन्थी विचार समात्दै गएको र संघर्ष गर्न झनै अपठ्यारो भएको उनी भन्छन्, “कम्युनिष्ट सिद्धान्त पूँजीवादी, संसदवादी र अहिलेको परिवर्तन कम्युनिष्ट आन्दोलनको विपक्षमा पुगेको छ । त्यसरी हेदा समाजवादी शक्ति पुराना र कमजोर भए, अब कडाइपूर्वक काम गर्नुपर्ने जिम्मेवारी आएको छ, उनले भने – नेपालको आन्दोलन कम थिएन । राणा शासनविरुद्धको, पञ्चायनविरुद्धको संघर्ष कठिन स्थिती थियो । र अबका कयौं पुस्ताले धेरै संघर्ष गर्नुपर्ने स्थिती पैदा हुन्छ । दृढतापूर्वक संघर्ष गर्नुपर्दछ ।”
कम्युनिष्ट पार्टीमा वैचारिक मुख्य समस्या
सिहंले नेपालमा विगतका आन्दोलनको इतिहास राम्रो भएको उल्लेख गर्दै कम्युनिष्ट पार्टीभित्र व्यक्तिगत स्वार्थको कुरा हाबी भएको बताए । अहिले दलहरु पूँजीवादीरुपमा प्रकट भएको बताउदै उनले मुख्यरुपमा वैचारिक र आपसी द्वन्द्व लगायतमा समस्या रहेको धारणा राखे । जसका विरुद्ध कडा संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।
उनी २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको ८८ वर्षका छन् । आफ्नो राजनीतिक जीवन र योगदानबारे उनी भन्छन् – “सगरमाथाको आफ्नै मापदण्ड छ, कसैका लागि सम्पन्नता, कसैका लागि पैसा र कसैका लागि विचार महत्वपूर्ण हुन्छन्, मेरो मापदण्ड बेग्लै छ, जीवनमा उतारचढाव आउँछन्, आग्रह, पूर्वाग्रह, सम्मान, पैसा, पावरको पछि लाग्ने पनि राजनीतिज्ञ छन् । मेरो आफ्नो जीवन राजनीतिमा समर्पित गरेको छु । म मेरो जीवनलाई राजनीतिक वृत्तमा सफल र सार्थक भएको मान्दछु, उनले भने ।
सिहं अचेल “जलजला” नामक पुस्तक लेखनमा व्यस्त छन् ।
COMMENTS