बेन्जेमाले सम्झौता नवीकरण गर्ने

काठमाडौँ । स्पेनिस महारथी क्लब रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जेमाले सम्झौता नवीकरण गर्ने भएका छन् ।

उत्कृष्ट लयमा रहँदै युइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका बेन्जेमाले रियलसँग २०२४ सम्मका लागि सम्झौता गर्ने जनाइएको छ । फ्रेन्च फरवार्ड बेन्जेमाको रियलसँगको सम्झौता २०२३ सम्म छ।

३४ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल भित्रिएका थिए । यस सिजन क्लबले ला लिगासहित च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

बेन्जेमाले रियलका लागि ४१५ खेलमा २१९ गोल गरेका छन् । यस्तै, उनले रियलबाट २१ मुख्य उपाधि जितेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति