संसार देख्ने भइन बेल्किसरा

मुगु । छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ की ६५ वर्षीया बेल्किसरा बोहरा निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र मुगुमा आइन् ।

रेडियोमा निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना सुनैकै भरमा शिविरमा भर्ना भएकी बेल्किसरा मोतिया विन्दुको सफल उपचारपछि खुसी भएकी छन् । “आँखाको अपरेसन निःशुल्क भयो । अब अरूले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ,” आँखाको ज्योति पुनः पाएपछि उनले खुसी हुँदै भनिन् ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घाँरीपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लामा निस्शुल्क आँखा चेकजाँच गरिएको हो ।

तीनदिने निःशुल्क आँखा शिविरबाट ९१ जना आँखाका बिरामीको मोतियाबिन्दु गरिएको छ । जसमा ९०४ जना आँखाका बिरामीलाई निःशुल्क चेकजाँच गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले बताए ।

आँखाको उपचारका लागि हजारौँ रकम खर्चेर ठुला सहर धाउनुपर्ने बाध्यता हटेको सुनाउँदै बोहराले अरुबेला उस्तै उपचार गर्नुपरे सुर्खेत, नेपालगन्ज, काठमाडौं जस्ता ठूला सहरमा जानु पर्थ्यो तर शिविरमा आँखाको उपचार सित्तैमा पाइदा खर्च पनि जोगिएको उनको भनाइ छ । जोगिएको खर्चले आँखा लाई आवश्यक पर्ने पौष्टिक खाना, फलफूलहरू खाने सुनाइन् ।

स्वास्थ्य उपचारका शिविर गाउँगाउँमा सञ्चालन गरिए ग्रामीण भेगका सर्वसाधारणलाई ठुलो राहत पुग्ने उपाध्यक्ष मल्लले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति