मस्कोमाथिको प्रतिबन्ध पागल र विचारहीन : पुटिन

मस्को । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरुले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचारहीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्प्णी गरेका छन् ।

सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध बिफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुसविरुद्धको आर्थिक प्रतिबन्ध सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन ।’

रुसमाथिको प्रतिबन्ध प्रतिबन्ध लगाउनेहरुका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्न खोजिरहेका छन् ।

तर, वार्षिक सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा बोल्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण युरोपेली युनियनले ४०० अर्ब डलरभन्दा बढी गुमाउन सक्ने दाबी गरे ।

रुसी सेनाले पछिल्लो समयमा पूर्वी युक्रेनमा हमला गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board