टिचिङ अस्पतालले स्थगित गर्‍यो स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ।

शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो ।

बिमितको सेवाबापत स्वास्थ्य बीमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्न परेको अस्पतालले जनाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा. दिनेश काफ्लेका अनुसार १५ असारदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित हुने छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति