सलारमा प्रभासकाे दाेहाेराे भुमिका

काठमाडौ, ३ असार । अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् ।

हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको खुलासा भएको छ ।

फिल्मको कथा दुई अलग-अलग समयमा आधारित रहेकाले प्रभासलाई ती दुवै समयमा देखाइनेछ । फिल्म ‘बाहुबली’मा पनि प्रभासलाई एक भागमा पिता अमरेन्द्र बाहुबली र दोस्रो भागमा छोरा महेन्द्र बाहुबलीको भूमिकामा देखाइएको थियो ।

एक्सन थ्रिलर फिल्म ‘सालार’मा प्रभासको अपोजिटमा श्रुति हसन देखिँदैछिन् । फिल्ममा उनले प्रभासकी प्रेमिका रुचिको भूमिका निभाउनेछिन् । फिल्म सन् २०२३ सम्म रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board