नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत

काठमाडौं, ३ असार । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ऋणपत्र पाँच वर्षको अवधिको हुने बैंकले जनाएको छ । 

ऋणपत्र जारी गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अंकित मूल्य प्रतिकित्ता एक हजारका दरले २५ लाख कित्ता जारी गर्ने भएको हो । 

ऋणपत्र निष्कासन गर्ने सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति