प्रचण्डले भने, ‘एमसीसी र एसपीपी दुवै केपी ओलीको करामत’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी र एसपीपी दुवै नेकपा एमालेका अध्यक्ष केपी ओलीको करामत भन्दै दोष थोपरेका छन् ।

चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘एमसीसी र एसपीपी दुवै परियोजना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले ल्याएको हो । ओली सरकारको समयमा यी आएका हुन्, दुवैमा ओलीको करामतले समस्या भएको हो ।’

एमसीसी १२ बुँदा घोषणासहित पास गरेको भन्दै उनले एसपीपीमा कुनै १२ बुँदा हुनेवाला नरहेको बताउँदै खारेज हुने बताए ।

फरक प्रशंगमा उनले अहिलेको सत्ता गठबन्धन फेरबदल नहुने पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति