नेपालमा भेटिए मंकीपक्सका शंकास्पद बिरामी

काठमाडौं, २ असार ।  नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो ।

दुबईबाट हालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।

शंकास्पद बिरामी नेपाली २७ बर्ष युवक रहेको चिकित्सकले जानकारी दिए । ‘बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको पाइएको छ । उनमा ‘मंकीपक्स’ लक्षण देखिएकोले हेल्थ डेस्कले टेकु पठाएको थियो,’ ती चिकित्सकले भने, ‘शरीरमा ‘मंकीपक्स’ भाइरसको जस्तो धेरै राता फोका छन् ।

’मंकीपक्स’ भाइरसको परीक्षण नेपालमा नहुने नभएकाले यो विषयमा के गर्ने भनेर छलफल भइरहेको उनले जानकारी दिए । ‘मंकीपक्स’ भाइरस पुष्टि गर्न पहिला हामी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाछौं । त्यसपछि कहाँ परीक्षण गर्न लैजाने थाहा हुन्छ’ ती चिकित्सकले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board