तिनपाटन गाउँपालिकाबाट विजयी जनप्रतिनिधिलाई काठमाडौंमा बधाई

काठमाडौं । सिन्धुलीको तिनपाटन गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा बधाई तथा सम्मान गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तिनपाटन–काठमाडौं समितिले विहीबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधलाई खादा, मालासहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

गाउँपालिका अध्यक्षमा पुनः निर्वाचित कर्णबहादुर थापा, उपाध्यक्ष अशोक पुलामी लगायत वडाध्यक्षहरुलाई उपसभापति गुरुङले सम्मान गरेका हुन् ।

सो समारोहमा कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे, उज्वल बराल, मोहन बराल लगायत एकीकृत समाजवादीका अमर थापा मगर लगायतको उपस्थिति थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति