एक अध्ययनका अनुसार साथीसँग खेल्ने बालबालिकामा मानसिक स्वास्थ्य राम्राे हुने

काठमाडौ, २ असार । सानै उमेरमा अरूसँग राम्रोसँग खेल्न सिक्ने बालबालिकाको मानसिक स्वास्थ्य राम्रो हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ ।

अन्य बच्चाहरूसँग सफलतापूर्वक खेल्ने क्षमताले मानसिक स्वास्थ्यमा सुरक्षात्मक प्रभाव पार्ने अध्ययनको निस्कर्ष छ । क्याम्ब्रिज विश्वविद्यालयका अन्वेषकहरूले तीन र सात वर्षको उमेरमा जम्मा गरेका झण्डै १७ सय बालबालिकाको तथ्यांक विश्लेषण गरेका थिए ।

तीन वर्षको उमेरमा साथीहरू राम्रो खेल्ने क्षमता भएकाहरूले लगातार चार वर्षपछि खराब मानसिक स्वास्थ्यको न्यून लक्षण देखाएका थिए । तिनीहरूमा न्यून हाइपर एक्टिभिटी देखिएको, आचरण र भावनात्मक समस्याबारे आमाबाबु र शिक्षकहरूले थोरै गुनासो गरेको र तिनीहरू अन्य बच्चाहरूसँग थोरै झगडा वा न्यून असहमति राख्ने गरेको अध्ययनमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले विशेषगरी मानसिक स्वास्थ्य समस्याको जोखिममा रहेका बच्चाहरूको उपसमूहहरूमा केन्द्रित गर्दा पनि उक्त ‘कनेक्सन’ले काम गरेको थियो । मानसिक स्वास्थ्यको लागि अन्य जोखिम कारक तत्वहरू–जस्तै गरिबीको स्तर, गर्भावस्थाको समयमा वा त्सपछि आमामा गम्भीर मनोवैज्ञानिक संकटको अनुभव इत्यादिले पनि बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको हुन्छ ।

मानसिक स्वास्थ्य समस्याहरूको जोखिममा पर्न सक्ने साना बालबालिकाहरूलाई साथीहरूसँग खेल्ने अवसर दिनुपर्ने अध्ययनको निस्कर्ष छ । शोधको नतिजा ‘बाल मनोचिकित्सा र मानव विकास’ जर्नलमा प्रकाशित छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board