तेहरान, १ असार । तेहरानबाहिर जन्मदिनको भोज आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोबाट आठ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये चार जना बालबालिका रहेका जनाएका छन् । राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको जनाएको छ ।
तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको छ।’ काउन्टी अभियोजक हमिद असगरीले आगो रेस्टुरेन्टमा तीब्र फैलिएको बताए ।
प्रतिक्रिया