एसपीपी सम्झौता अघि नबढाउन राष्ट्रपति भण्डारीको सन्देश

काठमाडौँ, १ असार । राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयमा चासो व्यक्त गर्नुभएको छ । एसपिपी सम्झौतामार्फत अमेरिकाले नेपालमा आफ्नो सैनिक राख्ने प्रस्ताव अघि सारेपछि भण्डारीले त्यसप्रति चासो जनाउनुभएको हो ।

उहाँले उक्त प्रोग्राम चासो ब्यक्त गदै प्रधानमन्त्री शेरबहादुर देउवालाई अघि नबढाउन सन्देश समेत पठाउनुभएको छ । सम्झौताको मस्यौदा सार्वजनिक भएसगै नेपालि काँग्रेस बाहेक सवै दलहरुले विरोध गरिरहेका छन् । अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब दिइरहेको छ। देउवाको असार अन्तमा हुने अमेरिका भ्रमण र त्यहीँ बेला सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिइरहको कुरा बाहिर आइरहेका बेला राष्ट्रपति भण्डारीले देशलाई दीर्घकालीन असर पर्ने काम नगर्न सुझाव दिनुभएको हो ।

एक स्रोतले भन्यो, ‘राष्ट्रपति भण्डारीले स्वभाविक सरकार संयन्त्रमार्फत् एसपिपीका बारेमा चासो व्यक्त गर्नुभएको छ। उहाँको सुझाव यस्तो दीर्घकालीन असर पर्ने सम्झौता सरकारले अघि बढाउन हुन्न भन्ने सन्देश प्रधानमन्त्रीलाई दिनुभएको छ।’ भण्डारीले नेपालको परराष्ट्र र सुरक्षा नीति जुन जगमा उभिएको छ त्यसलाई खलल पार्ने खालका कुनै पनि सम्झौता हुनु हुन्न भन्ने सन्देश दिनुभएको छ ।

नेपाली सेनाको परमाधिपति समेत रहेकी भण्डारीले सेनाका उच्च अधिकारीहरुसँग यो विषयमा निरन्तर छलफल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा तोडेको अनुशासनबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति