बर्दिया । जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेस निर्विरोध विजयी भएको छ ।
आठ स्थानीय तह रहेको बर्दियामा जिससका लागि अन्य दलको उम्मेदवारी नपरेपछि कांग्रेसले प्यानल नै जितेको हो । जिसस प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
जिसस उपप्रमुखमा अमिताकुमारी यादव चयन भएकी छन् । सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भए ।
COMMENTS