प्रदेश सरकारले केही गर्न सकेन : मुख्यमन्त्री राउत

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले केही गर्न नसकेको स्वीकारेका छन् ।

केही गर्न नसक्नुको कारण सरकारको पाँच वर्षे कार्यकाल सिक्ने र नियमावली बनाउने गर्दा नै बितेको हुँदा स्वरोजगारदेखि जतताको समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री राउतले बताए ।

‘युवाहरूलाई उधमशील बनाएर स्वरोजगार तथा वैदेशिक पलायनलाई रोक्नुपर्ने हो तर मधेस प्रदेशमा नै सबैभन्दा बढी युवा पलायन भएका छन्’, नेपाल चेम्बर्स अफ कमर्स महोत्तरीले आयोजना गरेको कार्यक्रममा उनले भने ।

संघीय सरकारको हस्तक्षेपका कारण पनि काम गर्न नसकिएको पनि उनले गुनासो गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति