आयोजक कोटेश्वर च्याम्पियन

काठमाडौँ । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, २ रजत र ५ कास्यसाथ कोटेश्वर टिम च्याम्पियन बन्यो ।

दोस्रो भएको बाँकेले ४ स्वर्ण, २ रजत र २ कांस्य हात पार्‍यो । ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ चन्द्रागिरिले तेस्रो स्थानमा चित्त बुझायो । शीर्ष स्थान स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको क्योरोगीतर्फ पुरुषमा चाँदनीका समिर तामाङ र महिलामा राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगर उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेको पुरुषमा बाग्लुङका लवसन विक र महिलामा स्युचाटारकी मोनिका मगर उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई काठमाडौँ महानगरपालिका वडा ३२ का अध्यक्ष नवराज पराजुली, प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । क्योरोगीमा २४ र पुम्सेमा ६ गरी ३० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आयोजकका अनुसार २२ जिल्लाका ६ सय खेलाडी सहभागी थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board