कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव

सुर्खेत, ३० जेष्ठ । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । हातहातमा क्यानी, बोतल लिएर पेट्रोल पम्पमा जानेको भीड बढेको छ ।

भारतीय भन्सारमा विद्युतीय सिस्टम परिवर्तन गरेकाले ईन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ ।

सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झन थालेपछि तेल हाल्न सवारी साधनको भीड लागेको छ। प्रहरीले सोमवार दिउँसोबाट भीड नियन्त्रण हम्मेहम्मे परेको छ। तेल हाल्नेको भिड्का कारण सुर्खेत नेपालगञ्ज सडक खण्डको खजुरामा केही समय सडक अवरुद्ध भएको थियो । मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ।

हाहाकार भएको ३ दिनपछि सोमबार वीरेन्द्रनगरका ५ वटा पम्पमा ४ हजार लिटरको पेट्रोल झरेको हो । दिपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा पेट्रोल झरेको थियो । भारतीय भन्सारमा विद्युतीय सिस्टम परिवर्तन गरेकाले कोर्डमा समस्यामा आउँदा नेपाल आउने ईन्धन बोकेका गाडी नाकामै रोकिदाँ तेल अभाव भएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले बताए ।

‘भारतीय नाकामा सुर्खेत आउने ५ लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ।’ नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले भने । उनका अनुसनर मंगलबारदेखि धनगढीबाट ल्याएर भएपनि वितरणमा सहज हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति