अर्थ मन्त्रालयले भन्यो– बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आज अन्नपूर्ण पोस्टमा प्रकाशित ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो..’ समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।

मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशील अर्थमन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखेर समाचार प्रसारण हुनु भ्रमपूर्ण रहेको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले बजेट निर्माणका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको दाबी गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति