रोनाल्डोबिना पोर्चुगलको हार

काठमाडौँ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति युइएफए नेसन्स लिगमा स्वीट्जरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ ।

घरेलु टोली स्वीट्जरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुवै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन् । हारसँगै पोर्चुगलले समूह ए २ को शीर्षस्थानमा उक्लने मौका गुमायो ।

४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । स्वीट्जरल्यान्ड ३ अंक सहित पुछारमा छ । समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्षस्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board