काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिक केडेरीले जित निकालेको छ ।
आइतबार राति इन्डोनेसियामा भएको पिअला प्रेसिडेन्ट कपमा पर्सिकले पेर्सिकावो १९७२ लाई १–० अन्तरले पराजित गरेको हो ।
पर्सिकको जितमा जोअनडेर्सनले ५०औँ मिनेटमा निर्णायक गोल गरे । २६ वर्षिय ब्राजिलियन खेलाडीको गोल निर्णायक बन्दा रोहित भने ४६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।
अघिल्लो सिजन पर्सिजा जाकर्तामा रहेका रोहित यस सिजनका लागि पर्सिकका आवद्ध भएका हुन् । इन्डोनेसियाको लिग वान भने सुरु भएको छैन ।
COMMENTS