कठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।
सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेण्डा तय गरेको छ । कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत एजेण्डा तय गरेको छ ।
एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ ।
एमालेका नेताहरूले वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया