बुद्धस्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्छ : विष्णु पौडेल

भैरहवा । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुद्ध जन्मस्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् ।

पद्म चैत्य बिहारको १०८औँ स्थापना दिवस तथा नवनिर्मित तुलसी युक्त धम्म भवनको आइतबार समुद्घाटन गर्दै देशको आर्थिक समृद्धि पर्यटन र कृषिको आधुनिकरणबाट सम्भव रहेको बताए ।

विसं १९७१ सालमा सिहबीर बज्राचार्य काठमाडौँबाट बुटवल आएर बुद्ध प्रचार गर्ने सोचका साथ कालोमाटोबाट बुद्ध चैत्य स्थापना गरेको भन्ने इतिहास रहेको छ । पुरानो चैत्यलाई बर्सेनि मर्मत गरिँदै आएको भएपनि निक्कै पछि मानमुनीले बिहारलाई विधिपूर्वक निर्माण र ढलोटको बुद्धमूर्ति स्थापना गराएका बिहारका संरक्षक बिमलबहादुर शाक्यले बताए । कमलको स्वरुपमा रहेको स्पद्म चैत्य कर्म विहार नामाकरण भएको उनले बताए । विसं २०५४ सालमा स्थानीय निर्वाचन पछि विहारलाई थप सौन्दयीकरण गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष सुरेशरत्न बज्राचार्यले बौद्ध तिर्थयात्रीहरुलाई सेवा दिने गरी विहारको स्थापना भएको बताए ।

देशविदेशबाट आउने भिक्षुभिक्षुणी, धर्मभन्तेहरु लुम्बिनी भ्रमणपछि बिहारमा पुजा, दर्शन गर्ने गरेको उनले बताए । पद्म चैत्य विहारमा तिर्थयात्रीहरुको चाप बढ्दै गएपछि दक्षिणतर्फको जग्गा स्थानिय समाजसेवीबाट दान प्राप्त भएको उनले बताए । करिब डेढ कठ्ठा जग्गामा बिहारको पूर्वाधार तयार भएको छ । बौद्ध स्तुपा स्थापना साथै बौद्ध पुस्तकालयलाई थप व्यवस्थित गर्ने योजना रहेको उनले बताए ।

देशविदेशबाट बुद्धजन्मस्थल लुम्बिनी आउने धार्मिक पर्यटकहरुलाई पुजाआजा र गासबासको निःशुल्क सेवा दिँदै आएको बुटवलको पद्म चैत्य विहारको स्तरोन्नति गरिएको छ । पर्यटकहरुको चाप बढ्दै गएपछि विहारमा थप भवन निमार्ण गरिएको हो । बुटवलका एक समाजसेवीदाताबाट प्राप्त भएको ११ धुर जग्गामा सुविधासम्पन्न ३ तल्ले भवन निर्माण गरिएको हो ।

विहार निर्माणका लागि नेपाल सरकार, तराई मधेस समृद्ध कोषबाट ५० लाख रुपैयाँ, बुटवल उपमहानगरपालिकाबाट १४ लाख ४३ हजार ३९९ रुपैयाँका साथै धेरै दाताहरुको सहयोगमा करिब १ करोड २४ लाख ७४ हजार २७९ रुपैयाँ लागतमा पूर्वाधार तयार भएको महासचिव दिपकबहादुर बज्राचार्यले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वजनसंख्या तथा स्वस्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ, सासद डा.पुरन बज्राचार्य, निवर्तमान उपमेयर शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवि आचार्य, नेकपा एमाले प्रदेश कमिटिका सदस्य ज्ञानु केसी, भन्ते वजिरश्री महाअष्टवीर, ज्ञानेन्द्र, कबिन्द्र, महेन्द्र, सल्लाहकार जीवन ओझा, बाबुकाजी शाक्य, आनन्द भगत शाक्यले विहार अन्तर्गत विभिन्न उपसमितिहरु गठन भएका छन् । देशभरमा रहेका १२२ वटा समूहले बौद्ध दर्शन दर्शाउने भजन, धर्मदेशना दिने बौद्ध युवा ज्ञानमाला संघ गठन भएको अध्यक्ष रमना श्रेष्ठले बताइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board