काठमाडौँ, २९ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आइतवार बसेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले विभिन्न चार एजेन्डा तय गरेको छ।
महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले मुख्य चार एजेन्डा निश्चित गरेको हो।
एमाले सचिव टोपबहादुर रायमाझीका अनुसार सोमबार बस्ने सचिवालय बैठकका लागि एजेन्डामाथि छलफल भएको छ। बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको कार्ययोजना, पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रशिक्षण र विभाग गठनसहितका एजेन्डा तय गरेको रायमाझीले बताएका छन्।
प्रतिक्रिया