एमाले सचिवालय बैठक भोलि, तय भयो तीन एजेण्डा 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार सचिवालय बैठक बोलाएको छ । भोलि बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने तीन एजेण्डा तय गरेको छ । 

एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ ।

कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण गरी तीन एजेण्डा तय भएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

नेकपा एमालेका नेताहरुले यसअघि  स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली गरेको तथा कतिपय स्थानमा एमाले भित्रैबाट अन्तर्घात हुँदा सोचेअनुरुप नतिजा नआएको बताउँदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति