पूर्वसेनापति कटवालको दुवै मिर्गौला फेल, प्रत्यारोपणका लागि दाताकाे खाेजी

काठमाडौँ, २९ जेठ । नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमांगद कटवालको दुवै मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गर्न लागिएको छ ।

पूर्वसैनिक अधिकृतसमेत रहेका कटवालका छोरा शुभांगद कटवालका अनुसार मिर्गौला प्रत्यारोपणको लागि दाताको खोजी भइरहेको छ । पूर्वसेनापति कटवाल हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलासिस गरी ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आरामरत छन् ।

‘बुबाको चाहना नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने छ । त्यसका लागि दाताको खोजी भइरहेको छ,’ छोरा शुभांगदले भने । केही समयअघि मिर्गौलामा समस्या देखिएपछि उनको उपचारमा संलग्न चिकित्सकले कटवाललाई मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका हुन् । मिर्गौला प्रत्यारोपण नभएसम्म उनले आवश्यकता अनुसार सातामा दुईदेखि तीनपटकसम्म पनि डायलासिस गराउनुपर्ने हुन्छ ।

२०६६ सालसम्म नेपाली सेनाका प्रधानसेनापति रहेका कटवाल त्यसयता विभिन्न सामाजिक गतिविधिमा व्यस्त थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति