दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो

काठमाडौँ । लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ । शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएको हो ।

यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट बिना कुनै अंक पुछारमा छ ।

कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अल्फानिनीले एक–एक गोल गरे ।

नेपालका दर्शन गुरुङले सान्त्वना गोल गरे । हालसम्मको आठ भेटमा दर्शन कुवेतविरुद्ध गोल गर्ने दोस्रो खेलाडी भने । ४० वर्ष अघि एसियन गेम्समा नेपालका वाइबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।

खेलको २८औँ मिनेटमा फाहदले हेडमार्फत् गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ४८औँ मिनेटमा युसेफ दोस्रो गोल गरे । खेलको ७०औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गरे भने ७३औँ मिनेटमा अल्फानिनीले टोलीको अग्रता ४–० को बनाए । खेलको इन्जुरी समयमा दर्शनले बक्स भित्रबाट गोल सान्त्वना गोल गरे ।

यस हारसँगै नेपालले २ खेलबाट कुनै अंक जोड्न सकेको छैन । पहिलो जित निकालेको कुवेतको २ खेलबाट तीन अंक रहेको छ । नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्ने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board