घरको छतबाट खसेर एक युवाको मृत्यु

काठमाडौँ, २८ जेठ । काठमाडौँको सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका–४ सीतापाइला घर भएका ३७ वर्षीय जीतेन्द्र श्रेष्ठको आफ्नै घरको पाँचौँ तलाबाट खसेर मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पानी भर्ने क्रममा चिप्लेर घरको छतबाट खसेका श्रेष्ठको उपचारका क्रममा शुभेच्छा अस्पताल सीतापाइलामा मृत्यु भएको जानकारी दिए ।

घरबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता मैनालीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति