विद्युत् प्रसारण लाइनमा हिँड्ने एक व्यक्तिको सकुशल उद्धार

काठमाडौँ, २८ जेठ । नुवाकोटको ककनीस्थित विद्युत् प्रसारण लाइनमा हिँड्ने एक व्यक्तिको आज नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

पोलबाट चढेर विद्युतको प्रसारण लाइनमा हिँड्ने र भुण्डिने गरेका ती व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का माइला भन्ने प्रेम विक रहेका खुल्न आएको छ । उक्त प्रशारण लाइन माथिल्लो त्रिशूली थ्री ए को हो । उनी पोलमा चढेको चाल पाएका स्थानीयले खबर गरेपछि विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् प्रसारण बन्द गरेका थिए । त्यसपछि ती व्यक्ति पोलबाट चढेर तारतारै हिँडिहेका दृष्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौँबाट हेलिकप्टरमा गएको सेनाको विशेष फौज बाहिनीबाट खटिएको तालिमप्राप्त टोलीले उनलाई उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । तारमा चढेको ८ घण्टापछि उनलाई उद्धार गरिएको हो । प्रहरीका अनुसार उनी मानसिक रोगी भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति