भारतीय सहयोगमा बनेकाे विद्यालय भवनकाे उद्घाटन

काठमाडौ, २८ जेठ । भारत सरकारको अनुदानमा निर्माण गरिएकाे सर्लाहीको लालबन्दीस्थित श्रीफौद सिंह जनता मावि भवन उद्घाटन भएको छ ।

मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह (सुडी) तथा वीरगन्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् । शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत भवन निर्माण गरिएको भारतीय महावाणिज्य दूतावासले जनाएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगन्जका जनतालगायत सरोकारवालाहरू उपस्थित थिए ।

७८ लाख ३० हजार रुपियाँमा निर्माण भएको भवन भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने आजादीका अमृत महोत्सवअन्तर्गत नेपालमा यसवर्ष उद्घाटन गरिने परियोजनामध्येको एक हो । नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।

महावाणिज्य दूतावासाका अनुसार ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको अनुदान पन्ध्रवटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधासहितको दुईतले विद्यालय भवन निर्माण भएको हो । भारतले नेपालमा हालसम्म ५२७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ ।

सातवटै प्रदेशहरूकै तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, पहुँच, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा जम्मा ४७१ परियोजना निर्माण सम्पन्न गरेको छ । यीमध्ये सर्लाहीमा मात्रै २० आयोजना छन् । भारत सरकारले विभिन्न स्वास्थ्य चौकी तथा एनजीओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एउटा स्कुल बस उपहार दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board