धर्मेन्द्र सेवानको ‘ऐयो रैयो सैयो’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ । गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ऐयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ ।

गीतमा गायक धर्मेन्द्रले स्वयम् स्वर दिएका छन् । उक्त सार्वजनिक रमाइलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन् ।

भिडियोमा सहयोगको नाममा दृष्टीविहीनको नाटक प्रेम अभियानमार्फत् प्रस्तुत गरेका छन् । यस गीतको भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पवन बस्नेत काजी लगाएतको पनि अभिनय रहेको छ।

सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियो रमाइलो खालको बनाइएको छ । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोलाई विजेश पौडेलले निर्देशन तथा सम्पादन गरेका हुन् ।

भिडियो गायक ‘धर्मेन्द्र सेवान’कै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति