असार १७ गते सत्ता गठबन्धनबारे गरेको भविष्यवाणीको समयअघि नै लक्षण देखिन थाले– अध्यक्ष ओली

मोरङ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको बताए । विराटनगरमा पत्रकारसँगको कुराकानीमा शुक्रबार उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताएका हुन् । उनले भने, ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन ।’

यसअघि विराटनगरमा आयोजित कार्यक्रममा असार १७ गते सत्ता गठबन्धनबारे गरेको भविष्यवाणीको समयअघि नै लक्षण देखिन थालेको अध्यक्ष ओलीले बताए । ‘पार्टीले निकालेका मन्त्रीलाई प्रधानमन्त्रीले कायम राखे पनि पार्टी निरीह भएर हेरेको हेर्‍यै छ,’ उनले भने, ‘पार्टीले मन्त्री निकाल्यो तर निक्लिएनन् ।

पार्टीको हालत यस्तो भइसक्यो ।’स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले एमाले दोस्रो भए पनि लोकप्रिय मत प्राप्त भएकोबाट एमाले एमाले नै रहने ओलीको भनाइ थियो । ‘६ दल मिले कुनै सिद्धान्त‚ विचार रहेन जसरी भए पनि एमालेलाई हराउने एक मात्र सर्त रह्यो,’ उनले भने, ‘थोरै मतले सिट संख्याका आधारमा दोस्रो भयौं तर लोकप्रिय भोटमा एमाले अगाडि नै छ ।’उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशवासीले अत्यधिक मतका साथ एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति