नेपाली कांग्रेस सङ्खुवासभाका १० जना नेता–कार्यकर्ता निष्कासित

  • भविन कार्की

खाँदबारी, २६ जेठ । नेपाली कांग्रेस सङ्खुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ । ३० वैशाखको स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै ११ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली कांग्रेस सङ्खुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिए ।

कांग्रेस प्रवक्ता बान्तवाका अनुसार निर्वाचनका क्रममा पार्टी हितविपरीत गतिविधि गर्ने, असहयोग गर्नेलाई पार्टी पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको हो ।

स्थानीय तहको निर्वाचनमा अनुशासन उलङ्घन गर्दै पार्टीलाई नोक्सान पुग्ने गतिविधि गरेको आधारमा कारबाही गरिएको प्रवक्ता बान्तवाले बताए ।

कांग्रेसले मादी नगरसभापति यादवचन्द्र खड्का, धर्मदेवी नगरपालिकाका गोविन्द थापा, राजु घिमिरे, डम्मरकुमार पौडेल, पाँचखपनका सन्तोष बस्नेत, पूर्णबहादुर थापा र कुमार राई, मकालु गाउँपालिकाका बालकुमार राई, दीपेश गुरुङ र रिन्जे शेर्पालाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली कांग्रेस सङ्खुवासभाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board