काठमाडौँ । स्वीट्जरल्यान्डलाई १–० अन्तरले पराजित गर्दै स्पेनले युएइएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ ।
शुक्रबार रातिको जितसँगै समूह ए २ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको हो । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे ।
उनले १३औँ मिनेटमा मार्कोस लोरेन्टेको पास सदुपयोग गरे । बाँकी समयमा दुवै टोलीले गोल गर्न नसक्दा स्पेनले १–० को जित पायो ।
प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित स्वीट्जरल्यान्ड तीन खेलबाट बिना कुनै अंक पुछारमा छ ।
प्रतिक्रिया