काठमाडौ, २६ जेठ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री र प्रधानसेनापतिको भ्रमण अहिले गर्न नहुने बताए ।
संसदमा जारी बजेटमाथि छलफलमा भाग लिँदै सांसद गुरुङले अहिले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिका भ्रमण उपयुक्त नहुने बताए। ‘प्रधानसेनापति र प्रधानमन्त्रीको भ्रमण आवश्यक छैन,’ उनले भने, ‘राष्ट्रिय सुरक्षा संवेर्दनशीलतालाई ध्यानमा राखेर भिजिट स्थगित गर्न आग्रह गर्दछु।’
दौत्य सम्बन्धका आधारमा मित्र राष्ट्रमा औपचारिक भिजिटहरु हुनसक्ने भए पनि तर अहिले अत्यन्तै संवेदनशील अवस्था रहेको उनको भनाइ छ। ‘अहिलेको परराष्ट्र नीति सैन्य नीतिमा गइरहेको छ। हामीले शान्तिपूर्ण नीतिमा जानुपर्नेछ,’ उनले भने।
उनले भ्रमण स्थगित गर्न पुनस् आग्रह गर्दै भने, ‘पहिलो कुरा भिजिट गर्नै हुँदैन। भिजिट भयो भने पनि स्टेट स्ट्राटेजी पार्टनरसिप ९एसपीपी० लगायत कुनै सम्झौता हुनुहुँदैन।’ एसपीपी सम्झौतामा अमेरिकाले दबाब दिइरहेको भन्दै नेता गुरुङले कुनै पनि सम्झौता गर्दा सर्वपक्षीय र राष्ट्रिय सहमतिबाट मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए।
अमेरिकाले नेतृत्व गरेका सबै समूह र सम्झौता फौजी रणनीतिअनुसार गइरहेकाले नेपाल जोगिनुपर्ने उनको भनाइ थियो। ‘नेपाल शान्तिको नीतिमा जानुपर्छ। नेपालको सुरक्षा रणनीति र राष्ट्रिय सुरक्षालाई रक्षा मन्त्रालयले ध्यानमा राख्नुपर्नेछ। शान्तिलाई केन्द्रमा राखेर रक्षा र सैन्य कुटनीति सञ्चालन गर्नुपर्छ,’ उनले भने।
नेता गुरुङले एमसीसी सम्झौतामा भएको व्याख्यात्मक अमेरिकाले स्वीकारेको हो कि होइन भनि प्रश्न गरे। १२ बुँदे घोषणामा अझै अमेरिकाबाट जवाफ नआएको भन्दै उनले सोधे, ‘१२ बुँदे प्रस्ताव अमेरिकालाई स्वीकार्य हो कि हैनरु यसमा लिखित प्रतिबद्धता आवश्यक छ। प्रतिबद्धता आएन भने यो कार्यान्वयनमा जान सक्दैन।’
उनले अमेरिकी प्रतिबद्धताबिना एमसीसी अगाडि बढाइए संसदको अवमूल्यन हुने र नेपाल दोस्रो युक्रने बन्न सक्ने चेतावनीसमेत दिए।
COMMENTS