अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर फ्लिन काठमाडौंमा 

काठमाडौं, २६ जेठ । चार दिने नेपाल भ्रमणको सिलसिलामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आज काठमाडौं आइपुगेका छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण गर्नुअघि फ्लिनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

फ्लिनले शुक्रबार प्रधानसेनापति शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । फ्लिन भारतहुँदै नेपाल आएका हुन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति