अन्तर्राष्ट्रियस्तरको फोहर व्यवस्थापनका लागि महानगरपालिका अगाडि बढिसक्याेः रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिकाको पहिलो प्रथामिकता रहेको बताएका छन् ।

विश्व वातावरण दिवस–२०२२ को अवसरमा बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै प्रमुख दाहालले सो कुरा बताएका हुन् । महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्रथामिकता हरियाली प्रर्वद्धन गर्ने, सौन्दर्यकरण गरी महानगरलाई सुन्दर महानगर बनाउने अभियानका साथ अगाडि बढेको प्रमुख दाहालले बताए ।

‘भरतपुरलाई सफा र सुन्दर बनाउने सबैको साझा संकल्प हो’ उनले भने,‘पहिलाको निरन्तरताले मात्रै पुग्दैन, यो कार्यलाई तीब्र गतिमा अगाडि बढाउनुपर्छ । महानगरपालिकाबाट मात्रै सुन्दर शहर निर्माण असम्भव छ ।’

अन्तर्राष्ट्रियस्तरको फोहर व्यवस्थापनका लागि महानगरपालिकाले केही कामहरु अगाडि बढाई सकेको पनि प्रमुख दाहालले उल्लेख गरे । आगामी नगरसभा मार्फत सरसफाईको क्षेत्रको लागि राम्रा नीति, बजेट र कार्यक्रम ल्याउने पनि उनको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति