बञ्चरेडाँडाका स्थानीयलाई गरियाे रिहा

काठमाडौं, २६ जेठ । प्रहरी नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीयलाई रिहा गरिएकाे छ ।

नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो ।

प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको नुवाकोटका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार आन्दोलनकारीहरुले प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

यता बञ्चरेडाँडाका स्थानीयहरुले अब प्रधानमन्त्रीसँग नै वार्ता गर्ने तयारी भएको बताएका छन् । स्थानीय समिर ढुंगाना भन्छन्, ‘प्रधानमन्त्री कार्यालयबाट वार्ता गर्ने भनेर खबर आएको छ । आज गाउँ सुनसान छ । प्रहरीको गाडी र फोहोरको गाडी दुवै आएका छैनन् । हिजोको गाडीहरुले सडकमै फोहोर फालेर गएकोले सडकहरु पनि अवरुद्ध छन् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति