पर्वतारोहण संघमा माया शेर्पाको समूहको उम्मेदवारी घोषणा

काठमाडौं, २६ जेठ । नेपाल पर्वरोहण संघका लागि गैर-राजनैतिक समूहबाट बरिष्ठ उपाध्यक्षमा माया शेर्पासहितकाे समूहले उम्मेदवारी घोषणा गरेका छन् ।

पर्वतारोही र व्यवसायीक समूहलाई स्थान दिनुपर्ने जोडका साथ गैरराजनैतिक समूह घोषणा गरेका हुन् । बरिष्ठ उपाध्यक्षमा सगरमाथासहित विश्वका ८ हजार मिटरमाथिका ७ वटा हिमालको सफल आरोहण गरिसकेकी चर्चित आरोही माया शेर्पा उम्मेदवार बनेकी छन् । उनी यसअघि द्धितीय उपाध्यक्ष थिइन् ।

माया शेर्पा नेतृत्वको प्यानलबाट उपाध्यक्षमा व्यवसायी नुरु जाङ्बु शेर्पा, द्धितीय उपाध्यक्षमा सार्की तामाङ र महासचिवका आरोही तथा व्यवसायी आङ पेम्बा शेर्पा छन् । आङ पेम्बा टानका पूर्व महासचिव पनि हुन् ।

त्यस्तै सचिवमा शिवहादुर सापकोटा, कोषाध्यक्षमा फुरी गेल्जेन शेर्पा उम्मेदवार बनेका छन् । यो प्यानलबाट सदस्यमा कान्छा नुर्बु शेर्पा,लाक्पा डेण्डी शेर्पा, दावटासी शेर्पा, आङदावा शेर्पा, फुरदिकी शेर्पा, दाबुटी शेर्पा, लक्ष्मी तामाङ, पेम्बा शेर्पा, चेङ्गा छिरिङ शेर्पा, पासाङ शेर्पा र किसान गुरुङ सदस्यमा उम्मेदवार बनेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board