१२ घण्टा बित्दा पनि राजमार्ग खुलेन, यात्रुलाई सास्ती

काठमाडौं, २६ जेठ । चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलामा राती झरेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

राती सवा ११ बजेबाट पहिरो झरी अवरुद्ध भएको सडक दुईवटा जेसीबी प्रयोग गरेर हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

फोटो : दानबहादुर गुुरुङ/इच्छाकामना एफएम

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति