अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित

न्युयोर्क । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ ।

टेक्सास र न्युयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।

यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विद्येयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए ।

अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावन कम रहेको बताइन्छ ।

तर, सदनमा विधेयक पारित भएपछि डेमोक्रेटिक पार्टीका सांसद्हरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्ने छ । यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदै छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board