काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद् झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि नल्याइएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै खनालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्न नल्याइएको बताए ।
उनले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्याउनका लागि महाअभियोग लगाइएको बताए । उनले महाअभियोगलाई टुंगोमा पुर्याउनका लागि अझै समय बाँकी रहेको बताए ।
उनले भने,“यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यसलाई विस्तारै एउटा टुंगोमा पुर्याउने हो । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्यो अनि त्यसपछि प्रक्रिया अघि बढ्छ ।”
पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसद्ले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने बताए । समितिले आफ्नो काम गरिसकेपछि संसद्मा बाँकी प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।
प्रतिक्रिया