मन्त्रालयका खर्च एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदका प्रस्ताव

काठमाडौं, २५ चैत । प्रमुख प्रतिपक्ष दल एमालेका चारजना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरु पदमाकुमारी अर्याल, बिमला बिक, लालबाबु पण्डित र गोकुलप्रसाद बाँस्कोटाले सो प्रस्ताव गर्ने भएका हुन् ।

बैठकमा प्रस्तुत विनियोजन विधेयक–२०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अर्यालले, बाणिज्य तथा आपूर्ति मन्त्रालयको बिकले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पण्डितले र सूचना तथा सञ्चार मन्त्रालयको बास्कोटाले खर्च कटौती गरी एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति