संसदमा गृहमन्त्री खाँणको राजीनामा मागियो 

काठमाडौं, २५ जेठ । देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् । 

‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् ।

रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ ।’  

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board