जसपाको बैठकमा कुटाकुट, चारजना घाइते

जनकपुर । स्थानीय तह निर्वाचनको समीक्षा गर्न जनकपुरमा बसेको जनता समाजवादी पार्टी (जसपा)को बैठकमा कुटाकुट भएको छ ।

जसपाको धनुषा जिल्लाभरको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको हो ।

जनकपुरनजिकै रहेको बाबाको ढावा होटलमा मंगलबार आयोजित बैठकमा विभिन्न पालिकामा पराजयको कारण अन्तरर्घात भएको भन्दै नाम किटेरै आरोप प्रत्यारोपमा उत्रिएपछि विवाद हुँदा कुटाकुट भएको जसपाका एक नेताले बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरु समेत सहभागी रहेको बैठकमा आरोप–प्रत्यारोप हुँदा कुटाकुट भएको थियो ।

जसपा सबैला नगरपालिकाका अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तर्घात गरेको आरोप लगाउँदै सिटमा बसे लगतै यादव समर्थकले उनीमाथि कुटपिट गरेका थिए ।

बैठकमा सहभागी एक नेताले भने, ‘वैद्यनाथजीले नामै किटेर अन्तर्घात गरेको मञ्चमा बोल्नुभएको थियो। भाषण सकेर कुर्सीमा बसेको दुई तीनमिनेटपछि त्यसै विषयलाई लिएर भनाभन हुँदै विवाद भयो। अनि कुटपिट हुन थाल्यो ।

कुटाकुट गर्ने केही नेतालाई बैठक हलबाट निकालिएको थियो । कुटाकुटको क्रममा नेताहरू सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखियालाई चोट लागेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति