आज प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम

काठमाडौँ । दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम ल्याउँदै छन् । प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् ।

प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दै छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

लुम्बिनी प्रदेश बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board